+
+

लगातार दोस्रो हारपछि विराटले भने : बलिङ र ब्याटिङमा बहादुरी देखाउन सकेनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:४८

१५ कात्तिक, काठमाडौं । टी-२० विश्वकपमा शुरुवाती दुई खेलमा हार ब्यहोरेको भारत सुपर-१२ बाटै बाहिरिने खतरा बढेको छ । आइतबार भएको सुपर-१२ अन्तर्गत आफ्नो दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भयो । त्यसअघि पाकिस्तानसँग १० विकेटले हारेको थियो ।

न्युजिल्याण्डविरुद्धको खेलमा भारतले २० ओभरमा ११० रन मात्र बनाउन सक्यो । जसलाई न्युजिल्याण्डले ५.३ ओभर अर्थात् ३३ बल बाँकी छँदै पूरा गर्‍यो ।

लगातार दोस्रो खेल हारेपछि कप्तान विराट कोहलीले टिमले राम्रो खेल्न नसकेको स्वीकार गरे । ‘निकै खल्लो दिन रह्यो । इमान्दार भएर भन्नुपर्दा हामीले ब्याट र बल दुवैबाट बहादुरी देखाउन सकेनौं’ विराटले खेलपछि पत्रकारहरुसँग भने ।

न्युजिल्याण्डसँगको खेलपछि दिएको प्रतिक्रियामा विराटनले बलिङमा धेरै गर्न सक्ने अवस्था नै नभएको बताए । विराटले हरेक पटक मौका लिन खोज्दा विकेट गुमेको पनि टिप्पणी गरे । ‘प्रत्येक पटक जब हामीले प्रयास गर्‍यौं तब विकेट गुमायौं । टी-२० क्रिकेटमा यस्तो हुन्छ । तर यस्तो अवस्थामा तपाईं ठूलो सटको लागि जाने या नजानेमा दोधार हुन्छ,’ उनले भने ।

न्युजिल्याण्डविरुद्धको खेलमा भारतका कुनै पनि खेलाडीले ३० रनको आँकडा पार गर्न सकेनन् । रविन्द्र जडेजाले जोडेको २६ र हार्दिक पाण्ड्याले जोडेको २३ रन नै सर्वाधिक रन रह्यो ।

ठूलो प्रतियोगिता खेल्दा फ्यानले आफूहरुबाट धेरै अपेक्षा गर्ने विराटले बताए । ‘जब तपाईं भारतको लागि खेल्नुहुन्छ । निश्चय नै तपाईंमाथि धेरै अपेक्षा हुन्छ । फ्यानहरुबाट मात्रै हैन खेलाडीहरुबाट समेत,’ विराटले भने, ‘जहाँ खेल्नुहुन्छ, हामीलाई धेरैले हेर्छन् । मानिसहरु हामीलाई समर्थन गर्न स्टेडियममा आउँछन् ।’

सुपर-१२ मा लगातार दोस्रो खेल हारेपछि भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ । भारतले अब बाँकी तीन खेल जितेर मात्र पुग्दैन अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?