+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १५:११
फाइल तस्वीर

१५ कात्तिक, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बस्दैछ । अफगानी नागरिकहरु नेपालमा अवैध रुपमा प्रवेश गर्न थालेको विषयलाई लिएर सुरक्षा रणनीति तय गर्न सोमबार अपरान्ह ४ बजे सुरक्षा समितिको बैठक बोलाइएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्ने बैठकमा नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल लगायत सहभागी हुनेछन् ।

गृहका एक अधिकारीका अनुसार बैठकमा सीमा नाका व्यवस्थित गर्नेबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?