+
+

पूर्वअफगान सैनिक इस्लामिक स्टेटमा लागेर तालिबानविरुद्ध लड्न थालेको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १५:५२

१५ कात्तिक, काठमाडौं । तालिबानले पहिलादेखिनै अमेरिकामथि इस्लामिक स्टेटलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

तालिबानले अमेरिकामाथि लगाएको सो आरोप पुष्टि हुने गरी हालै एक रिपोर्ट प्रकाशित भएको छ । वाल स्ट्रिट जर्लनमा प्रकाशित रिपोर्टमा अमेरिकी तालिमप्राप्त पूर्व अफगान सैनिक र जासुसहरू तालिबानविरुद्ध लड्न भन्दै इस्लामिक स्टेटसँग आबद्ध हुन थालेको उल्लेख छ ।

तालिबानसँग लड्न भन्दै इस्लामिक स्टेटमा आबद्ध हुने तालिमप्राप्त पूर्वअफगान सेना तथा जासुसको ‘सापेक्ष रुपमा संख्या कम भए पनि बढ्दै गएको’ उल्लेख छ ।

पुन: सत्तामा आएको तालिबानले अफगान सेनाका पूर्व सदस्यलाई माफी दिने बताइसकेको छ । तर बदलास्वरुप पूर्व सरकारी सैनिकविरुद्ध हिंसात्मक हमला हुन थालेका घटना बाहिर आइरहेका छन् ।

यसैबीच, हाल तालिबान शासनको प्रतिवाद गरिरहेको जिहादी समूह इस्लामिक स्टेटसँग अमेरिकाले तालिम दिएका पूर्व सैनिक नजिकिन थालेको वाल स्ट्रिट जर्नलको रिपोर्टमा भनिएको छ ।

यसअघि आईएसआईएस पनि भनिने इस्लामिक स्टेटको अफगान शाखा आईएस-केले उत्सुकताका साथ अमेरिकी तालिमप्राप्त पूर्व सेना तथा जासुसलाई लिन थालेको छ ।

वाल स्ट्रिट जर्नलसँग कुरा गरेका पूर्व सुरक्षा अधिकारी तथा तालिबानका अनुसार केही पूर्व सैनिक पैसाका लागि र केही तालिबान शासनको विकल्प खोज्दै इस्लामिक इस्टेटमा आबद्ध हुन थालेका छन् ।

‘यदि कुनै प्रतिरोधी शक्ति भएको भए उनीहरू सो शक्तिमा आवद्ध हुन्थे’, पूर्व खुफिया प्रमुख रहमतुल्लाह नबीलले जर्नललाई भने, ‘हाल तालिबानबाहेक अस्तित्वमा रहेको सशस्त्र समूह आईएसआईएस मात्रै हो ।’

आईएस-के र तालिबान दुबै अतिवादी सुन्नी इस्लामिक समूह हुन् तर उनीहरूको दर्शन भने केही फरक छ । तालिबान एउटा राष्ट्रवादी संगठन हो र यसले अफगान सीमानाबाहिर विस्तार हुने कुनै लक्ष्य राखेको छैन । अफगानिस्तानका अन्य मुस्लिम सम्प्रदायप्रति तालिबान सहिष्णु देखिन्छ ।

तर आईएस-केले भने शियासहितका अन्य मुस्लिम सम्प्रदायलाई धर्म त्याग गरेका सम्प्रदाय ठान्छ । तालिबानले यो समूहलाई सुरुमा दमन गरेको भए पनि अमेरिकी बहिर्गमनपछि पुन: क्रियाशील हुन थालेको छ ।

स्मरणीय छ- अमेरिकाले पूर्व अफगान सेनाको तालिम एवं हतियारमा ८८ अर्ब अमेरिकी डलर खर्च गरेको थियो । तर अत्याधुनिक हतियार र तालिमबाट सुसज्जित अफगान सेना तालिबानसँग डटेर लड्न सकेको थिएन । यही कारण अगस्टमा तालिबानले काबुलमाथि कब्जा जमाउन सफल भएका थिए । आरटीडटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?