+
+

प्रचण्ड र माधव दक्षिणपन्थी प्रवृत्तिका प्रतिनिधि : बादल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १६:३३

१५ कात्तिक, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले वर्तमान सत्ता गठबन्धन बुर्जुवाहरुको गठबन्धन भएको आरोप लगाएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको मित्रशक्ति बनेर दक्षिणपन्थी प्रवृत्तिको प्रतिनिधि बनेको आरोप लगाए ।

सोमबार एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता बादलले अदालतको परमादेश मार्फत बुर्जुवाहरुको गठबन्धनमा कम्युनिस्ट नामका दक्षिणपन्थीहरू एकाकार भएको टिप्पणी गरे ।

उनले एमालेले अहिले देखिएको चुनौतीको सामना गरेर छाड्ने बताए । देशको राष्ट्रिय एकता, स्थायित्व र विकास एमालेबाट मात्रै सम्भव भएको बादलले दाबी गरे । नेपालको माक्र्सवाद भनेको  जनताको बहुदलीय जनवाद मात्रै भएको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?