+
+

कोप-२६ जलवायु सम्मेलन : पहिलो दिन क-कसले सम्बोधन गर्दैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १८:१६

१५ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी बहुप्रतिक्षित राष्ट्रसंघीय सम्मेलन आजदेखि स्कटल्याण्डको ग्लास्गोमा शुरु हुँदैछ ।

कोप-२६ भनिएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन विश्व नेताहरु ग्लास्गो आउने क्रम जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेता ग्लास्गो पुगिसकेका छन् ।

तर चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सम्मेलनमा सहभागी भएका छैनन् । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले समेत सुरक्षा व्यवस्थाका कारण देखाउँदै सम्मेलनमा सहभागी नहुने निर्णण गरेका छन् ।

केही बेरमा सुरु हुन लागेको कोप-२६ सम्मेलनको पहिलो दिन बाइडेन, मोदी, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति इमानुअल माँक्रो र माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिह लगायतका नेताले सम्बोधन गर्ने तालिका रहेको छ ।

त्यस्तै, कोप-२६ मा सहभागी हुन ग्लास्गो पुगेका नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले समेत आजै सम्बोधन गर्दैछन् ।

यसैबीच विश्व नेताको भेषमा अक्सफामका अभियन्ताले ग्लास्गोमा व्यङ्ग्यात्मक प्रदर्शन गरेका छन् । किल्टमा सजिएका प्रदर्शनकारीले बाजागाजासहित विश्व नेताप्रति व्यङ्ग्य गरेका हुन् ।

प्रदर्शनमार्फत् जलवायु संकटसँग जुध्न विश्व नेताले ‘तातो हावा’ को कुरामात्रै गर्न छोडी थप कदम चाल्नुपर्ने सन्देश दिन खोजिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?