+
+

तिहारमा घर जाने यात्रुलाई काठमाडौंका चार स्थानमा कोरोना खोप लगाउन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते ९:३३

१६ कात्तिक, काठमाडौं । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ ।

आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको हो ।

खोपको यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुनेछ ।

खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?