+
+

तिहारको युनिक कोसेली : ओखरका परिस्कृत घडी र चश्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १०:३०

१६ कात्तिक, काठमाडौं । ओखरको काठबाट निर्माण भएको ओखर घडी (वाच) बिक्री शुरु गरेको ओखर स्टोरले यस वर्षको तिहारका लागि अझ परिस्कृत उत्पादन बजारमा ल्याएको बताएको छ ।

ओखर स्टोर डटकमका सञ्चालक प्रकाश दाहालका अनुसार कम्पनीले गत वर्षबाट तिहारका लागि सम्झनायोग्य उपहारका रुपमा ओखरबाट बनेको आकर्षक घडीको बिक्री थालेको थियो ।

यो वर्ष घडीलाई अझ परिस्कृत गरी आफूले चाहेको शब्दहरु समेत घडीमा राख्न सकिने गरी बनाएको छ । ‘मेरो प्यारो भाइलाई तिहारको शुभकामना’ जस्ता घडीमा खोपेर समेत खरीद गर्न सकिने भएको छ । दिदीबहिनीको निकनेम, सिम्बोलसमेत लेख्न सकिने भएको छ । यस्तो लेखाइ भने ग्राहकको रोजाइ अनुसार गरिने उनले बताए ।

यसपटक डिजाइन र सुरक्षामा समेत अझ बढी परिस्कृत गरिएको दाहालले जानकारी दिए । यो वर्ष घडीको साथमा ओखरको काठबाट बनेको आकर्षक चश्मा समेत गिफ्टमा प्रयोग गर्न मिल्ने गरी बिक्री थालिएको उनले बताए । घडीलाई काष्ठमण्डप घडी नाम दिइएको छ । यस पटक नर्सहरुलाई लक्षित गरेर नर्स घडीसमेत ल्याइएको दाहालले जानकारी दिए । अपरेसन वार्डमा खटिने नर्सले घडी हातमा लगाउन नसक्ने अवस्थामा शरीरको कपडामा घडी अड्काएर समय हेर्न सकिने गरी यस्तो घडीको डिजाइन गरिएको उनले जानकारी दिए ।

एक घडी बिक्री गरेवापत एक वृक्षरोपण

कम्पनीले घडीको बिक्री शुरु गरेदेखिकै अभियान हो वृक्षरोपण । यस अनुसार एक ओखर वाच बिक्री गरेसँगै एउटा रुख रोप्ने गरिएको छ । यो अभियान निरन्तर जारी रहने उनले बताए । ‘हामीले व्यापारसँगै वातावरण संरक्षणमा पनि काम गर्ने अभियान थालेका छौं,’ उनले भने । घडी तथा अन्य सामानहरु ‘ओखरस्टोरडटकम’बाट अर्डर गर्न सकिने भएको छ । दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यी युनिक प्रकारका गिफ्टले ठूलो भूमिका खेल्ने उनले बताए ।

थप नयाँ डिजाइनका घडी समेत ल्याउने तयारी

तिहार लगत्तै कम्पनीले ओखर वाचसहित थप नयाँ डिजाइनका घडी समेत ल्याउने तयारी गरेको छ । तिहार लगत्तै ‘कालापत्थर’ र ‘मुर्चुङ्गा’ नामको घडी ल्याउने तयारी कम्पनीले गरेको छ । यी घडीसहित दैनिक जिवनमा आवश्यक अन्य वस्तुको उत्पादनमा समेत कम्पनी केन्द्रित रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?