+
+

१६ जना स्रष्टालाई शान्ति समाजको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १७:४४

१६ कात्तिक, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १६ जना स्रष्टालाई सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्रष्टाहरुलाई २० हजार नगद राशीसहित ताम्रपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङलाई, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा. डा. वेणीमाधव ढकाललाई, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादवलाई र ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडीलाई प्रदान गरिएको छ ।

त्यस्तै राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मीलाई, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्तलाई प्रदान गरिएको हो ।

गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमीलाई, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङलाई, राधादेवी दाहाल स्रष्टा सौगात मनु विकलाई, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्यलाई प्रदान गरिएको छ ।

त्यस्तै पद्मप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकायालाई, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याललाई र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको छ ।

यसैगरी पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल र श्रीनारायण दाहाल स्रष्टा सौगात स्रष्टा रविना चौधरीलाई प्रदान गरिएको छ ।

स्रष्टा मनु मञ्जिललाई भूमिप्रसाद बराल स्रष्टा सौगात प्रदान गरिएको छ । समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १६ जना व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्ने गरिएको शान्ति समाजका समाजका केन्द्रीय सभापति अध्यक्ष गोविन्द खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?