१६ कात्तिक, काठमाडौं । इंग्लिस क्लब टोटनह्यामले एन्टोनिओ कोन्टेलाई प्रशिक्षक नियुक्त गरेको छ ।
नुनालाई बर्खास्त गरेको भोलिपल्ट टोटनह्यामले चेल्सी र इन्टर मिलानका पूर्व प्रशिक्षक कोन्टेलाई नियुक्त गरेको हो ।
उनले २०२३ समरसम्मको सम्झौता गरेका छन् । क्लबले यसलाई लम्ब्याउन आफू खुला रहेको बताएको छ ।
२०१६÷१७ मा चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका कोन्टे २०१८ मा बर्खास्त भएका थिए ।
गत सिजन इन्टर मिलानलाई ११ वर्षपछि सिरी एको उपाधि दिलाएका उनको सम्झौता एक वर्ष बाँकी नै थियो । तर उनले क्लब छाडे ।
प्रतिक्रिया 4