+
+

युभेन्टस नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते ७:४९

१७ कात्तिक, काठमाडौं । जेनिट सेन्ट पिटर्सबर्गमाथि सहज जित हात पार्दै युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले पिटर्सबर्गमाथि ४–२ गोल अन्तरको जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा उसका लागि डिबालाले ११औं मिनेटमा गोलको खाता खोलेका थिए । २६औं मिनेटमा बोनुचीले आत्मघाती गोल गर्दा खेल बराबरीमा पुग्यो ।

तर दोस्रो हाफमा घरेलु टोलीले तीन गोल थप्यो । ५८औं मिनेटमा पाएको पेनाल्टीमा डिबालाले गोल गरे भने ७३औं मिनेटमा चेइजा र ८२औं मिनेटमा मोराटाले गोल गरे ।
जेनिट सेन्ट पिटर्सबर्गका लागि आजमनले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै १२ अंक जोडेको युभेन्टस समूह एचबाट अन्तिम १६ मा पुगेको छ । दोस्रो स्थानमा रहेको चेल्सीको ९ अंक छ भने पिटर्सबर्ग ३ अंकका साथ तेस्रो र माल्मो अंकविहीन भएर पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?