+
+

विदेशी मुद्रा प्रयोग नगर्न तालिबानको आदेश, उंल्लघन गरे कडा कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १२:२८

१७ कात्तिक, काठमाडौं । अफगानिस्तानमा पुन: सत्तामा आएको तालिबानले विदेशी मुद्रा प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाएको छ ।

तालिबानले बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको अलजजिराले जनाएको हो ।

‘इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ’, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा अनलाइनमा पोष्ट गरिएको विज्ञप्तिमा भनिएको छ ।

तालिबानको आदेश उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।

काबुलस्थित अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा हमला भएको केही घण्टालगत्तै तालिबानले विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।

काबुलस्थित सरदार मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार बन्दुक र बम हमला हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

अफगानी बजारमा अमेरिकी डलर व्यापक प्रयोग हुने गर्छ । त्यस्तै सीमा क्षेत्रमा पाकिस्तानसहितका अन्य छिमेकी मुलुकको मुद्रा प्रयोग गरिँदै आएको छ ।

तालिबान सत्तामा आएपछि अन्तर्राष्ट्रिय सहायता रोकिएको कारण पछिल्लो समय अफगानिस्तानमा मानवीय संकट चर्किन थालेको छ । विदेशी मुद्रा प्रतिबन्ध गर्ने तालिबानको कदमले धराशायी हुने संघारमा रहेको अफगान अर्थतन्त्र थप अस्तव्यस्त हुने र मानवीय संकट थप गहिरिने निश्चित जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?