+
+

‘फेसियल रिकोग्नेसन सफ्टवेयर’ प्रयोग नगर्ने फेसबुकको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १७:४३

१७ कात्तिक, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले तस्वीर र भिडियोमार्फत व्यक्तिको अनुहारको पहिचान गर्ने ‘फेसियल रिकोग्नेसन सफ्टवेयर’लाई अनुचित भन्दै प्रयोग नगर्ने घोषणा गरेको छ ।

यो एप्सको सहयोगमा प्रयोगकर्ताहरुले आफ्नो अनुहारको पहिचान गर्न सक्थे । साथै अरु कसैले फेसबुकमा फोटो पोस्ट गरेको खण्डमा त्यसको जानकारी फोटो भएका व्यक्तिसम्म पुग्दथ्यो । तर यो प्रविधिका कारण प्रयोगकर्तामा पर्ने असरलाई लिएर फेसबुकको चर्को आलोचना भइरहेको थियो ।

तर यो प्रविधि सही वा गलत भन्ने प्रश्न उठ्दै आएको थियो । साथै व्यक्तिको निजीपन, जातिय विभेद तथा यसको विश्वसनीयताबारे पनि प्रश्न उठेको थियो । कम्पनीका अनुसार यस प्रविधिको अनुगमन गर्ने नियामकहरुले अहिलेसम्म यसको प्रयोगबारे स्पष्ट नियम बनाएका छैनन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?