
फाइल तस्वीर
१७ कात्तिक, खाँदवारी । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर सञ्चालन गरिने बताएका छन् ।
संखुवासभाको खाँदबारीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन् । अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे । संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने समेत बताए ।
अर्को एक कार्यक्रममा उनले अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने विश्वास व्यक्त गरे । अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4