+
+

मर्मत भइरहेको भरतपुरको सबस्टेसनमा राति पनि पुगे कुलमान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते २०:२५

१७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह चितवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राति पनि कामबारे जानकारी लिन बसेनी सबस्टेसन पुगेका छन् ।

मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएपनि ढिलाइ भएपछि तिहारको सयममा समस्या हुनसक्ने भन्दै उनी चितवन पुगेका थिए । उनले दिउँसो पनि भइरहेको कामकोबारेमा जानकारी लिएर थप जनशक्ति ल्याएर काम गर्न निर्देशन दिएका थिए ।

‘तिहारको समयमा बत्ती नबलेपछि जनतालाई खुल्लो हुन्छ, त्यसैले मर्मतको काममा उत्प्रेरणा होस् भनेर म पनि यतै छु,’ घिसिङले टेलिफोनमा भने,’यहाँको ट्रान्सर्फमर हटाएर पोखराबाट अर्को ल्याएर जाडेपछि आपूर्ति चालु हुन्छ ।’ उनले काममा ढिलाइ हुन नदिने पनि आफैं फिल्डमा जानु परेको बताए ।

उनले दिउँसो नै कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरेका थिए । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न उनको आग्रह थियो ।

कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई काम गर्नेहरुले जे खान चाहे खसी नै काटेर खवाएर भएपनि छिटो काम गर्न अनुरोध गरेका थिए ।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

‘अन्य क्षेत्रका सबस्टेसनबाट विभिन्न क्षत्रेमा विद्युत् त दिएका छौं, तर ठूलो क्षत्रेमा अझै पनि बत्ती दिन सकिएको छैन,’ घिसिङले भने,’प्राविधिक कारण आएको समस्यालाई बुझिदिन म अनुरोध गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?