+
+

सवारी दुर्घटनामा सशस्त्रका हबल्दारसहित ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते ९:५७

१८ कात्तिक, काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सशस्त्र प्रहरीको एकजना हबल्दारसहित चार जनाको मृत्यु भएको छ ।

दाङमा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका हवल्दार कैलाश भण्डारीको मृत्यु भएको छ । तुलसीपुर बजारबाट बन्गैस्थित आफ्नो घर जाँदै गरेका ३५ वर्षीय भण्डारीको गएराति दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भण्डारी आफैंले चलाएको रा ४ प ६०५८ नम्बरको मोटरसाइकलमा तीन जना चढेका थिए । दुर्घटनामा घाइते भएका तुलसीपुर १० चैलाहीका ३६ वषर्ीय लीलाधर खड्कालाई थप उपचार गर्न बाँकेको कोहलपुर पठाइएको छ भने अर्का एकजना उपचारपछि घर फर्किएका छन् ।

यसैगरी गोरखाको गण्डकी गाउँपालिका ३ मा हिजो साँझ ग १ त ५७८८ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ५५ वर्षीय प्रेम प्रसाद देवकोटाको मृत्यु भएको छ । फुजेलबाट बेनिघाटतर्फ जाँदै गरेको ट्याक्टरमा सवार देवकोटा ट्याक्टरको ट्रलीबाट खस्दा सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिका १६ शान्तिचोकमा लु ४ त ८८५७ नम्बरको ट्याक्टरबाट खसेर सहचालक २७ वर्षीय मिलन गुरुङको मृत्यु भएको छ ।

यसैगरी नवलपरासी बर्दघाट सुस्ता पूर्वको सुनवल नगरपालिका १२ हरकट्टामा हिजो साँझ प्रदेश ३ ०१ ०२३ च १२६६ नम्बरको कारको ठक्करबाट साइकलमा सवार सुनवल नगरपालिका ११ का ३५ वर्षीय लोकहरि न्यौपानेको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?