
काठमाडौं । दराजले ११.११ को पूर्वसन्ध्यामा, भव्य गाला लाइभ आयोजना गर्ने भएको छ । दराज एपको नयाँ दराज लाइभ फिचरमार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण गरिने दराजले जनाएको छ ।
११ प्रख्यात सेलिब्रेटीसहित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी र मालभिका सुब्बासँग दराज प्रयोगकर्ताहरूका लागि भव्य गाला लाइभ आयोजना गर्न लागिएको दराजले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
यस कार्यक्रममा नेस स्टुडियोको सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू र दराज प्रयोगकर्ताहरूका लागी नयाँ टीभीएस रेडर लगायत राम्रा पुरस्कारहरू जित्ने मौका रहेको दराजले जनाएको छ ।
दराज लाइभ मार्फत ग्राहक र बिक्रेता बीचको सम्बन्धलाई अझ बढी मजबुत गर्ने अपेक्षा दराजको रहेको दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए । अनलाइन शपिङमार्फत ग्राहकहरूले खोजिरहेको कुनै पनि जानकारी प्रत्यक्ष बिक्रेताबाट पाउन सकोस् र जसबाट एक बलियो समुदाय निर्माण गर्न सकिने विश्वा दराजको रहेको उनको भनाइ छ ।
वर्षकै सबैभन्दा ठूलो सेल – ११.११ को बारेमा थप जान्न र सङ्कलन गर्न मिल्ने धेरै भौचरहरू जित्नका लागि, दराजले आफ्ना प्रयोगकर्ताहरूलाई नोभेम्बर १ देखि दराज एप मार्फत दैनिक दराज लाइभमा जोडिन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया 4