+
+

पर्सामा २ लाख मूल्य बराबरको पटाका नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १७:३९
फाइल तस्वीर

१८ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सामा २ लाख रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर तथा मातहतका सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुँइचम्पा, आतिसबाजी, झुरझुरे नष्ट गरिएको हो ।

जिल्लाका विभिन्न सीमा नाकाबाट बरामद गरिएको पटाका, भुँइचम्पा, अतिसबाजी तथा अन्य बिष्फोटक तथा प्रज्वलनशील पदार्थ कार्यलय परिसरमा नष्ट गरिएको १३ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?