+
+

प्रदूषित हावाले ढाक्यो बेइजिङलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १९:२६

१९ कात्तिक, काठमाडौं । चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाकेको छ, जसका कारण २ सय मिटरभन्दा माथि देख्न सकिँदैन । प्रदूषणका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । बाक्लो प्रदूषणका कारण बाहिरी क्षेत्रमा हुने निर्माण कार्य, खुला स्थानमा हुने फ्याक्ट्रीका काम र विद्यालयहरुको बाहिरी गतिविधि बन्द हुनेछन् ।

सहरका धेरै गगनचुम्बी भवनहरुको माथिल्लो भाग प्रदूषणले गर्दा देख्न नसकिने अवस्था छ ।

विशेष गरी हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या देखिने गर्छ । आगामी दुई दिनमा चल्ने हावाले बेइजिङलाई यो तुवाँलोबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।

चीनले प्रदूषणविरुद्ध अभियान सञ्चालन गरेको छ । चीन सरकारले सेप्टेम्बरमा भनेको थियो, ‘यो वर्ष देशको ६४ औद्योगिक क्षेत्रमा यो अभियान सञ्चालन हुनेछ ।’

चीनमा ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक आयोजना हुनेछ । यो कार्यक्रम बेइजिङ नजिकैको सहर झाङजियाकुमा आयोजना हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?