+
+

न्यूजिल्याण्ड सेमिफाइनल नजिक, नामिबिया बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १९:५७

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार भएको सुपर १२ को खेलमा न्यूजिल्याण्डले नामिबियालाई ५२ रनले पराजित गरेको छ ।

तेस्रो जितसँगै ग्रुप २ मा रहेको न्यूजिल्याण्डको सेमिफाइनल सम्भावना बलियो भएको छ । तेस्रो हारपछि नामिबिया भने सेमिफाइनल होडबाट बाहिरिएको छ ।

सारजाहमा न्यूजिल्याण्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको नामिबियाले  ७ विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो ।  उसका लागि माइकल भान लिङगेनले सर्वाधिक २५ रनको जोडे । यस्तै जान ग्रीनले २३ र स्टेफान बार्डले २१ रन जोडे ।

न्यूजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्टले २-२ विकेट लिए । मिसेल सान्टनर, जेम्स निशम र इश सोधी समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिप्सले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । जेम्स निशमले पनि अविजित रहेर ३५ रन जोडे । कप्तान केन विलियम्सन २८ रन बनाए ।

नामिवियाका वर्नार्ड स्कोल्ज, डेभिड विजा र जेरहार्ड इरासमसले एक–एक विकेट हात लिए ।

जितसँगै न्युजिल्याण्ड ४ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । यस समूहमा न्यूजिल्याण्डले अब अफगानिस्तानसंग अन्तिम खेल खेल्न बाँकी छ र उक्त खेल जितेमा सेमिफाइनल पुग्नेछ । पाकिस्तान लगातार ४ खेल जित्दै सेमिफाइनल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?