+
+

नेयमार र एमबाप्पे चम्किँदा पीएसजी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते ९:१४

काठमाडौं । नेयमार र किलिएन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मने (पीएसजी)ले बोर्डोलाई ३-२ ले पराजित गरेको छ । नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल गर्नुका साथै दुई असिस्ट गरे ।

अवे मैदानमा पीएसजीले तीन गोलको अग्रता लिएको थियो । बोर्डोले अन्तिम १२ मिनेटमा दुई गोल फर्काएको थियो ।

खेलको २६औं र ४३औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । दुवै गोलका लागि एमबाप्पेले सहयोग गरेका थिए ।

६३औं मिनेटमा एमबाप्पेले जर्जिनिओ वाइनाल्डमले गोल गर्दै पीएसजीको अग्रतालाई ३-० बनाए ।

बोर्डोका लागि ७८ औं मिनेटमा अल्बर्थ इलिस र इन्जुरी टाइममा मबेय नियाङले गोल गरे पनि हार टार्न पर्याप्त भएन ।

जितपछि १३ खेलबाट ३४ अंक जोडेको पीएसजीले दोस्रो स्थानको लेन्समाथि १० अंकको अग्रता बनाएको छ ।

बोर्डो १३ खेलबाट १२ अंकसहित १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?