
२१ कात्तिक, काठमाडौं । इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीको निवासमा ड्रोन आक्रमण हुँदा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री काधिमी भने सुरक्षित छन् ।
राजधानी बगदादको उच्च सतर्कतायुक्त क्षेत्र ग्रिन जोनमा रहेको प्रधानमन्त्री निवासको एक भवनमा ड्रोनमार्फत बम आक्रमण हुदा ६ जना सुरक्षाकर्मी घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री काधिमीले सबैलाई शान्त र संयम रहन आग्रह गरेका छन् । यो आक्रमण इरानमा हालै सार्वजनिक चुनावी नतिजासँग सम्बन्धित भएको हुन सक्ने बताइएको छ ।
आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । ड्रोन अक्रमण भएको क्षेत्रमा धेरै सरकारी भवन र विभिन्न देशको दूतावासहरु रहेका छन् ।
इरानका पूर्व गुप्तचर प्रमुखसमेत रहेका प्रधानमन्त्री अल काधिमी गत वर्षको मे महिनमा प्रधानमन्त्री बनेका थिए ।
पछिल्लो हप्ता इरान समर्थित राजनीतिक समूहले ग्रिन जोनमा प्रदर्शन गरेको थियो । उनीहरुले गत महिना सार्वजनिक भएको चुनावी नतिजाको विरोधमा प्रदर्शन गरेका थिए ।
उनीहरुले मतदानमा अनियमितता भएको आरोप लगाइरहेका छन् । उक्त प्रदर्शनमा सुरक्षाकर्मीले ती प्रदर्शनमा हस्तक्षेप गर्दा १०० भन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया 4