+
+

ओलीलाई बाबुरामको चुनौती : मानुषी बेलायत गएको प्रमाणित गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १७:१२

२१ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले उडन्ते कुरा नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईले ओलीलाई तत्काल जवाफ फर्काएका छन् ।

पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय नभएको भन्दै उनले ट्वीटरमा भनेका छन्, ‘हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएको र संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?