

२१ कात्तिक, काठमाडौँ । तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी शुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठघाट निर्माण शुरु भएको छ ।
गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।
यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिबारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो ।
एउटा छठघाटमा पूजाका लागि एक हजार १०० रुपैयाँ शुल्क तोकिएको छ । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment