+
+

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १६:१३

२२ कात्तिक, काठमाडौं । तिहार विदापछि कार्यालय खुलेको पहिलो दिन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न भएकाबाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ ।

दुई एकल र चारवटा संयुक्त इजलास गठन भएकोमा सबै इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेका हुन् । प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेशी तोकेका थिएनन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालको साथमा आफैलाई संलग्न गराई संयुक्त इजलास राखेकोमा त्यसमा भने सुनुवाइ भएन । न्यायाधीश कुमार चुडालले एकल इजलासमा भएका मुद्दाको सुनुवाई गरेपनि प्रधानन्यायाधीश जबरा संलग्न इजलासमा भने सुनुवाइ हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?