+
+

चार महिनामा ६०७ फर्मलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १७:३१

२२ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको चार महिनामा १२ सय ९० वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । जसमध्ये ६०७ वटा फर्मलाई नगद जरिबाना तिराइएको छ भने ६८३ फर्मलाई सचेत गराइएको विभागका साहायक सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए ।

नगद जरिवाना तिराइएका ती फर्महरुले उपभोक्ता हित विपरितको व्यापारिक आचरण गरेको उनको भनाइ छ । ‘बिल बिजक नराख्ने, बढी मूल्य लिने, मूल्य सूची नराख्ने, म्याद गुज्रेका वस्तु बिक्री जस्ता आचरण भएका फर्मलाई कारबाही गरिएको छ,’ पौडेलले भने ।

जरिवाना गरिएका मध्ये ४४० फर्मले ५५ लाख ८५ हजार रुपैयाँ जरिवाना भुक्तानी गरिसकेका छन् भने १८४ फर्मबाट १५ लाख १४ हजार रुपैयाँ जरिवाना उठ्न बाँकी रहेको विभागले जनाएको छ । विभागले दशैं, तिहारलाई लक्षित गरेर गरेको बजार अनुगमनमा झण्डै तीन सय फर्मलाई जरिवाना गरेको पनि पौडेलले जानकारी दिए ।

विभागले असोज १ देखि २५ गतेसम्म ४ सय ९६ फर्ममा अनुगमन गरेको थियो । जसमध्ये २ सय ६१ फर्मलाई २२ लाख ९८ हजार आर्थिक जरिवाना गरिएको थियो ।

पौडेलका अनुसार चाडबाड लक्षित अनुगमनका लागि १७ वटा क्षेत्र वर्गीकरण गरिएको थियो ।फार्मेसी र सर्जिकल, खाद्यान्न, लत्ताकपडा, ग्यास, चस्मा पसल लगायत व्यवसायिक फर्म विभागको प्राथमिकतामा थिए । दशैं र तिहारको बिचमा मात्रै विभागले ३२३ फर्ममा अनुगमन गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?