
२२ कात्तिक, गुल्मी । गुल्मीमा मोटरसाइकल ठक्करबाट २ जना घाइते भएका छन् ।
जिल्लाको मालिका गाउँपालिका–८ किसानटारीमा मोटरसाइकलको ठक्करबाट ७३ वर्षकी लीला खनाल र ८१ वर्षकी जमुना खनाल घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
ठक्करबाट घाइते भएका एक जनाको अवस्था गम्भीर छ । सोमबार बेलुकी तम्घासबाट सिमलटारीतर्फ जादै गरेको हालसम्म नम्बर नखुलेको मोटरसाइकलले बाटो काट्दै गरेका दुई जनालाई ठक्कर दिएको थियो ।
घाइते २ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए । ठक्कर दिने मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4