+
+

१ किलो ९ सय ग्राम गाँजासहित बाराबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १८:२६

२२ कात्तिक, वीरगञ्ज । प्रहरीले बाराबाट अवैध लागु औषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय चाँद किशोर राम र ३२ वर्षीय प्रभु राम रहेका छन् ।

कात्तिक २१ गते राति ९ बजे प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ किलो ९ सय ग्राम गाजासहित पक्राउ गरेको थियो ।

कलैया-मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया-१२ शीतलपुरमा कलैयाबाट मटिअर्वातर्फ शंकास्पद अवस्थामा जाँदै गरेको बा.२५ प ११९५ नम्बरको मोटरसाईकल रोकी प्रहरीले चेकजाँच गरेको थियो। चाँद किशोरले मोटरसाईकल चलाएका थिए भने प्रभु पछाडी बसेका थिए ।

मोटरसाईकलको बीचमा प्लाष्टिक झोलामा लुकाएर ल्याउँदै गरेको १ किलो ९ सय ग्राम अवैध लागू औषध गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परकेा उनीहरुविरुद्ध लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?