+
+
Shares

भारतीय एम्बुलेन्समा गाँजा तस्करी

सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १२:३०

२१ वैशाख, काठमाडौं । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

२० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडक खण्डहरुमा सवारी साधनहरु जाँच गर्ने क्रममा रामधुनी–६ पिडारी स्थितबाट बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाइछिपाइ ल्याउँदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै एम्बुलेन्स चालक बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराजकुमार साहलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?