+
+
पाँच दलको बैठक :

राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति, प्रधानन्यायाधीशको विषय प्रवेश नै गरेन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १९:३१

२२ कात्तिक, काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनको विषयले प्रवेश नै नपाएको नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् भने नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । दलहरुको मौनताबारे प्रश्न उठेपछि सत्तारुढ दलका नेताहरुले गठबन्धनको आगामी बैठकमा छलफल गर्ने बताएका थिए ।

तर सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलको बैठकमा यो विषयले प्रवेश नै पाएन ।

बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । साथै आसन्न राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति भएको एक नेताले बताए ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुनमा सकिँदैछ, उनीहरुमध्ये १९ जना निर्वाचनमार्फत चयन हुनेछन् । उक्त चुनावको मिति भने तय हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?