+
+
Shares

न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजमा रोहित शर्माले भारतको कप्तानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते ६:३४

काठमाडौं । विराट कोहलीले टी-२० टिमको कप्तानी छाडेपछि भारतले न्युजिल्याण्डविरुद्ध खेल्न लागेको टी-२० सिरिजमा रोहित शर्माले कप्तानी गर्ने भएका छन् ।

बीसीसीआईले मंगलबार रोहितको कप्तानीमा १६ खेलाडीलाई समेट्दै टिम घोषणा गरेको छ । जसमा केएल राहुल उकप्तानको रुपमा छन् ।

नयाँ मुख्य प्रशिक्षक राहुल द्रविडको प्रशिक्षणमा भारतले खेल्न लागेको यो पहिलो सिरिज हुनेछ ।

कोहलीसँगै भारतको प्रशिक्षक पदबाट भर्खरै कार्यकाल पूरा गरेका रवि शास्त्रीले पनि रोहित शर्मा नयाँ कप्तानको दाबेदार भएको बताएका थिए । तर बीसीसीआईले तत्कालका लागि न्युजिल्याण्डविरुद्धको सिरिजका लागि मात्र रोहितलाई कप्तान तोकेको छ । उनलाई पूर्णकालीन कप्तान बनाउने बारे बीसीसीआईको विज्ञप्तिमा केही उल्लेख छैन ।

भारतले न्युजिल्याण्डसँगै तीन खेलको टी-२० सिरिज खेल्नेछ र सिरिज नोभेम्बर १७ देखि सुरु हुनेछ ।

न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजका लागि विराटसँगै जसप्रित बुमराह र रवीन्द्र जडेजा मोहम्मद शामीलाई आराम दिइएको छ ।

टी-२० विश्वकप खेल्ने टिममा नरहेका युजभेन्द्र चाहल टिममा फर्किएका छन् । यस्तै आईपीएल २०२१ मा सर्वाधिक रन बनाएका रुतुराज गाएकवाडदेखि बेनकाटेस अयेर, हर्सल पटेल र आभेष खानले टिममा स्थान बनाएका छन् ।

रुतुराजले गत जुलाईमा श्रीलंका भ्रमणमा टी-२० क्रिकेटमा डेब्यु गरेका थिए । बाँकी तीन खेलाडीले भारतका लागि खेल्न बाँकी छन् । बेनकाटेस, हर्सल र आभेष तीनै जनाले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै टी-२० विश्वकप टिममा नरहेका श्रेयास अयेर र अक्सर पटेलले पनि टी-२० टिममा स्थान बनाएका छन् ।

न्युजिल्याण्ड विरुद्ध खेल्ने भारतीय टिम 

रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), रुतुराज गायकवाड, श्रेयास अयेर, सुर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), इशान किसन (विकेटकिपर), बेनकाटेस अयेर, युजभेन्द्र चाहल, रविचन्द्रन आश्विन, अक्सर पटेल, आभेष खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?