+
+

किन बढ्यो टिकटकप्रति वर्षाको लगाव ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १७:१६

केही वर्षअघिसम्म नायिका वर्षा सिवाकोटी चलचित्रको पर्दामा देखिने कलाकारले टिकटक चलाएर सस्तो बन्नु हुँदैन भन्ने तर्क गर्थिन् । तर, अहिले उनी ‘शिखर टिकटक स्टार’को निर्णायक बन्दैछिन् ।

त्यसो त अहिले वर्षा टिकटकमा सक्रिय देखिन्छिन् । उनले टिकटक बनाउन थालेको पनि केही वर्ष भइसक्यो । यसरी एकाएक टिकटकप्रति कसरी बदलियो त वर्षाको सोच ?

वर्षा भन्छिन्, ‘म आफू पनि एकदमै रिजर्भ बस्न चाहने कलाकार हुँ । हाम्रो जे कुरालाई पनि चाँडै नै स्वीकार गर्ने र त्यसलाई धेरै प्रयोग गर्ने बानी छ । अझ हामी कलाकारहरुको काम स्वयम् हलमा गएर हेर्दा क्रेज पनि बढ्छ भन्ने सोच मेरो हो । तर, समय अनुसार सबै कुरा परिवर्तन भयो । अहिले सबै कुराको प्रमोसनको प्लेटफर्म टिकटक बनेको छ ।’

वर्षाले कुनै कार्यक्रममा जाँदा वा दर्शकसँग भेट्दा टिकटक बनाउन भने असहज हुने बताइन् । ‘हामी ठूलो क्यामेरा र त्यसको क्यानभासमा काम गरिरहेका कलाकारलाई कसैले मोबाइल अगाडि सारेर टिकटक बनाउनका लागि आग्रह गर्दा भने असहज लाग्ने रहेछ,’ उनले भनिन्, ‘म घरमा कोठाभित्र एक्लै टिकटक बनाउन सक्छु । तर, यो सबैको आफ्नो सोचेको कुरा पनि भयो ।’

टिकटकलाई कलाकारले सही तरिकाले प्रयोग गर्न सक्नुपर्ने वर्षाको भनाइ छ । उनले अगाडि भनिन्, ‘कलाकारले ब्राण्डको प्रमोसन हिजोआज टिकटकबाट पनि गर्नुपर्छ । उसो त यो क्षेत्रमा आफ्नै नियम र तरिकाले काम गर्छु भनेर पनि नहुने रहेछ । टिकटकलाई एउटा सकारात्मक तरिकाले अगाडि बढाउन सकिन्छ भन्ने मलाई लाग्छ ।’

वर्षाले कहिलेकाहीं भाइरल काण्डहरु आउँदा आफूले केही दिन टिकटक नै नचलाएको समेत बताइन् । तर, दिक्क भएर बस्दा टिकटक हेरेर ‘मुड फ्रेस गराएको अनुभव उनले पत्रकारहरुसँग बाँडिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?