+
+

पोखरा रंगशाला मनाङको घरेलु मैदान बन्‍ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १७:४७

२४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जस अन्तर्गत मनाङ मर्स्याङ्दीले घरेलु मैदानको रुपमा पोखरा रंगशाला गरेको छ । यदि लिगका खेला पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ए डिभिजन लिगका खेल उपत्यकाभन्दा बाहिर हुनेछ ।

कात्तिक २९ गतेदेखी नेपाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग आयोजना हुँदै छ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग यसपटक भने चार रंगशालामा हुँदै छ ।

यद्यपि सुरुआती दुई चरणको खेल तालिकामात्र सार्वजनिक भएको छ । जसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टरमा खेल हुँदै छन् । अन्य चरणका खेलका लागि भने एन्फाले च्यासल मैदान र मनाङ मर्स्याङ्दीले घरेलु मैदानको रुपमा प्रस्ताव गरेको पोखरा रंगशाला हुँदै छ ।

सोही अनुसार मनाङले पोखरा रंगशालामा तयारी पनि गर्दै आएको छ । पोखराको रंगशालमा लिग सञ्चालन गरे सहिद स्मारक ए डिभिजिन लिग पहिलो पटक काठमाडौं बाहिर हुनेछ । पोखरा रंगशालाई प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घले बताए ।

कोरोना महामारीले निर्धारित मिति भन्दो केही महिना पछि धकेलिएको लिगमा पोखरा रंगशालाका अलावा च्यासल मैदान पनि आयोजना गर्ने योजना एन्फासँग छ । कात्तिक २९ गतेबाट हुने लिगको उद्घाटन खदेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दै छ । उद्घाटन खेल ‘फ्लड लाईट’ मा खेलाउने एन्फाको तयारी छ । सुरुवाती दुई चरणका खेलमध्ये आधा खेल दशरथ रंगशालामा हुनेछन ।

पोखरा रंगशालालाई मनाङ मर्स्याङ्दीले घरेलु मैदानको रुपमा प्रयोग गर्न यस अघि नै स्वीकृती पाइसकेको छ । त्यसैले मनाङले काठमाण्डौंदेखि क्लबहरुलाई पोखरासम्म लैजाने र खेलाएर काठमाण्डौं पठाउने प्रबन्धका लागि एन्फासँग छलफल भइरहेको बताएको छ ।

यद्यपि अन्तिम तालिका सार्वजनिक नभएसम्म मनाङको प्रस्ताव अपूरो हुनेछ । फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन । १३ चरणका खेल हुने लिगमा कुल ९१ खेल हुनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?