+
+

बैंकहरुले घटाए खराब कर्जा, कुन बैंकको कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १७:४८

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले खराब कर्जा अनुपात घटाएका छन् । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निष्क्रिय कर्जा औसतमा ०.४३ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १.५९८ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्त्य अर्थात ३ महिना अघिमात्रै पनि निष्क्रिय कर्जा अनुपात १.३१५ प्रतिशत रहेकोमा असोज मसान्तसम्म यो घटेर १.१६९ प्रतिशतमा झरेको छ ।

निष्क्रिय कर्जा सबैभन्दा कम सानिमा बैंकको देखिएको छ भने सबैभन्दा धेरै सरकारी स्वामित्वको राष्ट्रिय बैंकको देखिएको छ । यद्यपि यी दुवै बैंकले निष्क्रिय कर्जा घटाएका छन् । पहिलो त्रैमासमा सानिमाको निष्क्रिय कर्जा अनुपात ०.११ प्रतिशत देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा सानिमाको ०.४४ प्रतिशत थियो ।

निष्क्रिय कर्जा कम हुने दोस्रो नम्बरमा एभरेष्ट बैंक र तेस्रो नम्बरमा नेपाल एसबीआई बैंक देखिएको छ । एभरेष्टको निष्क्रिय कर्जा ०.२२ प्रतिशतबाट घटेर ०.१३ प्रतिशतमा झरेको छ भने नेपाल एसबीआईको ०.२५ प्रतिशतबाट ०.१७ प्रतिशतमा झरेको छ ।

हेर्नुस् कुन बैंकको कति :

सिनं. बैंकको नाम असोज मसान्त-०७८ असोज मसान्त-०७७
सानिमा बैंक .११ प्रतिशत .४० प्रतिशत
एभरेष्ट बैंक ०.१३ प्रतिशत .२२ प्रतिशत
नेपाल एसबीआई बैंक ०.१७ प्रतिशत .२५ प्रतिशत
एनआईसी एशिया बैंक ०.४९ प्रतिशत .४० प्रतिशत
लक्ष्मी बेंक ०.४९ प्रतिशत .९७ प्रतिशत
माछापुच्छ्रे बैंक ०.५० प्रतिशत .४२ प्रतिशत
सिद्धार्थ बेंक ०.५४ प्रतिशत १.३२ प्रतिशत
हिमालयन बैंक ०.५८ प्रतिशत १.२३ प्रतिशत
प्राइम कमर्सियल बैंक ०.६२ प्रतिशत १.३७ प्रतिशत
१० स्टाण्डर्ड चार्टर्ड बैंक ०.६७ प्रतिशत ०.८७ प्रतिशत
११ कुमारी बैंक ०.८२ प्रतिशत १.४३ प्रतिशत
१२ मेगा बैंक ०.८९ प्रतिशत १.०१ प्रतिशत
१३ बैंक अफ काठमाण्डू ०.९२ प्रतिशत २.१८ प्रतिशत
१४ सिभिल बैंक ०.९६ प्रतिशत १.५० प्रतिशत
१५ नबिल बैंक १.१३ प्रतिशत ०.६५ प्रतिशत
१६ सनराइज बैंक १.१३ प्रतिशत १.५८ प्रतिशत
१७ एनसीसी बैंक १.४८ प्रतिशत २.८३ प्रतिशत
१८ प्रभु बैंक १.६१ प्रतिशत २.६७ प्रतिशत
१९ ग्लोबल आईएमई बैंक १.६२ प्रतिशत १.८३ प्रतिशत
२० नेपाल बंगलादेश बैंक १.७१ प्रतिशत १.९७ प्रतिशत
२१ एनएमबी बैंक १.८५ प्रतिशत २.२६ प्रतिशत
२२ सेञ्चुरी बैंक १.८८ प्रतिशत २.०८ प्रतिशत
२३ सिटिजन्स बैंक १.९१ प्रतिशत १.४३ प्रतिशत
२४ नेपाल बैंक २.०० प्रतिशत ३.०२ प्रतिशत
२५ कृषि विकास बैंक २.०८ प्रतिशत २.३७ प्रतिशत
२६ नेपाल इन्भेष्टमेन्ट बैंक २.२७ प्रतिशत २.८० प्रतिशत
२७ राष्ट्रिय वाणिज्य बैंक ३.०१ प्रतिशत ४.१० प्रतिशत
  औसत १.१६९ प्रतिशत १.५९८ प्रतिशत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?