+
+

प्रधानन्यायाधीशले बार अध्यक्षलाई भेट्न बोलाए, एक्लै नआउने श्रेष्ठको अडान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १२:२०

२५ कात्तिक, काठमाडौं । राजीनामाका लागि चौतर्फी दबावमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएका छन् । श्रेष्ठले भने एक्लै नभेट्ने बताएका छन् ।

बिहीबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिने क्रममा तनाव उत्पन्न भएको थियो । सुरक्षाकर्मीहरुले कानुन व्यवसायीहरुलाई रोक्न खोजेका थिए, तर सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नारा लगाएका छन् ।

लगतै प्रधानन्यायाधीश जबराले बार अध्यक्ष श्रेष्ठलाई भेटका लागि खबर गरेका थिए ।

धर्नामा रहेका श्रेष्ठले भने एक्लै नजाने भनेर बारका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?