+
+

शुरु भयो दराजको ११.११ सेल अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १३:२६

काठमाडौं । दराजको एक दिवसीय ११.११ सेल अभियान शुरु भएको छ । यो अभियान आधिकारिक रूपमा कात्तिक २४ गते मध्यरातिदेखि शुरु भएको कम्पनीले जनाएको छ ।

यसवर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिङ अनुभव प्रदान गर्ने दराजले जनाएको छ ।

यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, ११ हजार रुपैयाँसम्मको मेगा भौचर, प्रि पेमेन्टमा १५ प्रतिशत अधिकतम ३ हजार ५सय रुपैयाँसम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टीभीएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार एड टु कार्ट , फलो एण्ड विन , रिभ्यू एण्ड विन, नयाँ युजर भौचर , रिफर एण्ड विन र दराज जेम्स लगायतका थप हाइलाइटहरु पनि छन् ।

बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत अधिकतम ३ हजार रुपैयाँ० र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत अधिकतम ३ हजार ५ सय रुपैयाँ बचत गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौं, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले छूट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?