+
+

ब्रयन लाराको दाबी : पाकिस्तानले अष्ट्रेलियालाई हराउनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १७:१०

२५ कात्तिक, काठमाडौं । वेष्ट इण्डिजका पूर्व क्रिकेटर ब्रायन लाराले टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलियालाई हराउने  दाबी गरेका छन् ।

यो खेल बिहीबार राति हुँदैछ । खेलअघि लाराले ट्वीट गर्दै लेखेका छन्, ‘अष्ट्रेलियाको टिम निकै खतरनाक छ । उनीहरुको लाइनअप निकै बलियो छ, जसले जो सुकैलाई पनि हराउन सक्छ । तर पाकिस्तानसँग ब्याटिङ र बलिङ दुबै कौशल छ, जसले फाइनलमा स्थान बनाउन सक्छ ।’

ब्रायन लाराले पहिलो सेमिफाइनलमा न्यूजिल्याण्ड विजयी हुने दाबी गरेका थिए । उनको दावी सही सावित भयो । इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले टी–२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाइसकेको छ ।

टी–२० मा अष्ट्रेलियाविरुद्ध पाकिस्तानको रेकर्ड पनि राम्रो छ । दुबै देशबीच २३ टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ, जसमध्ये १३ खेल पाकिस्तानले जितेको छ भने ९ खेलमा अष्ट्रेलिया विजयी भएको छ ।

टी–२० विश्वकपको यो संस्करणमा त पाकिस्तान मात्र यस्तो टिम हो, जसले एक खेल पनि हारेको छैन । पाकिस्तानले समूह चरणमा भारतका साथै न्यूजिल्याण्ड, अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?