
२५ कात्तिक, काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई लक्षित गरी अल्पकालीन रोजगारीको अवसर खुलेको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रुपमा सञ्चालन गरेको जिविकोपार्जन पुनरोत्थानका लागि दीगो पर्यटन परियोजनाले महिला श्रमिकलाई लक्षित गरी रोजगारी सिर्जनाको कार्यक्रम सञ्चालन गर्न लागेको हो । पर्यटकीय क्षेत्रको सरसफाइ, पैदल मार्गमा रहेका पुल–पुलेसाको मर्मत सम्भार, पैदल मार्गमा सिँढी मर्मत तथा सम्भार, संकेत चिन्हको स्थापना तथा मर्मतजस्ता काममा श्रमिक खटिनु पर्ने भएको छ ।
यसवापत दैनिक १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने भएको छ । नेपाल पर्यटन बोर्डमा आवेदन दिने सकिने भएको छ । आवेदन दिने मिति भने कात्तिक ३० सम्म तोकिएको छ । निवेदनको साथमा नागरिकताको प्रतिलिपी र पर्यटन मजदुर खुल्ने परिचय पत्र आवश्यक पर्ने सूचनामा उल्लेख छ । निवेदन पर्यटन क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न महिला श्रमिकले दिन सक्ने भएका छन् । यसअघि सोही कार्यक्रम पुरुष मजदुरका लागि सञ्चालन गरिएको थियो ।
यस पटक छनोट भएका महिला श्रमिकले १ देखी २९ मंसिर २०७८ सम्म काम पाउने छन् । कोरोना महामारीका कारण रोजगारी गुमाएका पर्यटन मजदुरलाई लक्षित गरी बोर्ड र यूनडीपीले यो कार्यक्रम सञ्चालन गरेका हुन् ।
हेर्नुहोस् बोर्डको सूचना :
प्रतिक्रिया 4