+
+

स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ७:३०

२६ कात्तिक, काठमाडौं । स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।

उपसभापति निधिको निवास बानेश्वरमा बिहीबार साँझ भएको भेटमा नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ । निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार नेपालको संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा समेत कुराकानी भएको थियो ।

नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका थिए । साथै उनले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि स्वीस प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए ।

जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको बताइन् । साथै उनले नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन् ।

नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश नं १ का जिल्लाहरुमा संचालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलमा राजदूत क्यापिलरसहित मेरी हब्ली, गर्ट इञ्जल्समन, क्रिस्टोफ गार्फ र जोसे लुइस पेरेरा ओसियो सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?