+
+

देवघाटलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ८:१९

२६ कात्तिक, तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देवघाट क्षेत्रलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउने बताएका छन् । धार्मिक पर्यटन, शिक्षा र अनुसन्धानको थलोका रुपमा देवघाटलाई अगाडि बढाउन प्रदेश सरकारले सघाउने उनले बताए ।

तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत्सव समारोहमा बिहीबार मुख्यमन्त्री पोखरेलले सो धारणा राखेका हुन् । गण्डकी प्रदेशको विकासको आधार भनेकै त्रिवेणी, देवघाट हुँदै मुक्तिनाथ हो भन्दै उनले कालीगण्डकी करिडोर र शालिग्राम मार्गलाई पूर्णता दिने गरी काम भइरहेको जानकारी गराए ।

देवघाटमा लामो समयदेखि सुकुम्वासी समस्या रहेकोबारे आफू जानकार रहेको भन्दै उनले यो सरकारले भूमिहीनलाई लालपूर्जा दिलाउने आश्वासन दिए ।

मुख्यमन्त्री पोखरेलले बिहीबार साँझ नै देवघाटमा रहेका संस्कृत विद्यापीठको अवलोकन गरी त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?