+
+

प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरे, आन्दोलन अझै सशक्त पार्छौं : महासचिव पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १०:३७

२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप नेपाल बार एशोसिएसनले लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् ।

आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गर्दै उनले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने बताए ।

कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको मूल गेट अगाडि धर्नामा बसेका छन् । त्यहाँको कोणसभालाई कानुन व्यवसायीहरुले सम्बोधन गरिरहेका छन् । सम्बोधनको क्रममा उनीहरुले प्रधानन्यायाधीशको राजीनामा दिनुपर्ने माग राखेका छन् । १२ बजेसम्म त्यहाँ कार्यक्रम गर्ने र नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किने उनीहरुले बताएका छन् ।

उनीहरुले आज प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने योजना बनाएका छन् । उनीहरुको योजना असफल पार्न व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायीहरुबीच केहीबेर भनाभन भएपछि झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?