+
+

एउटै समयमा थुप्रै प्रचण्ड जन्मन सक्दैनन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १०:५९

२६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताएका छन् ।

शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउँदै उनले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गरे । ‘प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्,’ उनले भने ।

प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको प्रचण्डको जिकिर थियो । ‘प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माको त होइन, नेपाली जनताले जन्माएको । तपाईं हामी सबै लडेर निर्माण गरेको हो नि प्रचण्ड भन्ने व्यक्ति होइन । फेरि एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्,’ उनले भने, ‘थुप्रै माक्र्स, लेनिन र माओ हुँदैनन् एउटा समय र एउटा कालमा । जनता, आन्दोलन, संघर्ष, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो । सही निर्णयहरुले पैदा गर्ने हो । यसलाई वर्ग संघर्षको रुपमा प्रतिक्रियावादीहरुले सिध्याउन खोज्छन् । जनताले त्यसलाई बचाउन खोज्छन् ।

जनयुद्ध कुनै लहडमा नभएको जिकिर गर्दै उनले एक्लै एक्लै अगाडि जाँदा क्षतविक्षत हुने तर्क गरे । उनले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको बताए । ‘किरणको अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लवको बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन,’ उनले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन ।’

ढिलो छिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास प्रचण्डको थियो । उनले अगाडि थपे, ‘छुट्टै बसेर भन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुने बाहेक अरु विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?