नेपाली चलचित्रका कलाकारहरु टिकटकमा रमाइरहेका छन् । टिकटकलाई केही कलाकारले दर्शकसँग जोडिने माध्यमको रुपमा हेरेका छन् भने कसैले पैसा कमाउने प्लेटफर्मको रुपमा पनि अगाडि बढाएका छन् ।
केही वर्ष अघिसम्म कलाकारहरु सार्वजनिक कार्यक्रममा पुग्दा तस्वीर खिच्नेको भीड लाग्ने गर्दथ्यो । तर, अहिले कलाकार देख्ने बित्तिकै टिकटक बनाउनेको भीड लाग्छ ।
कतिपय कलाकारहरु दर्शकसँग टिकटक बनाउन सहजै स्वीकार गर्छन् भने कतिपयले असजिलो पनि मान्ने गरेका छन् ।
नायक सरोज खनालले भने दर्शकसँग टिकटक नबनाउने बताउँछन् । उसो त उनले आजसम्म एउटा मात्र टिकटक बनाएका छन् । सरोजले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकनका क्रममा लण्डनमा नायिका गौरी मल्लसँग एउटा टिकटक बनाएका थिए । यसपछि आफूले टिकटक नै नबनाउने निर्णय गरेको सरोज बताउँछन् ।
‘मैले भ्याउँदै नभ्याएर नबनाएको होइन । तर, एउटा दर्शकसँग बनाउने, अर्कोसँग नबनाउने गर्दा पक्षपात हुन्छ,’ उनले भने, ‘बरु कसैसँग पनि नबनाउने हो भने राम्रो हुन्छ भन्ने लागेर नै नबनाएको हुँ ।’
सरोजले पहिले पहिले दर्शकहरु तस्वीर खिच्न आउने गरेपनि अहिले टिकटक बनाउन अगाडि सर्ने गरेको बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4