+
+

‘जोगी’देखि ‘जितेर पनि हारमा छु’सम्म, यस्ता छन् साताका १० गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १४:३०

अघिल्ला साताको तुलनामा यो साता केही कम संख्यामा युट्युबमा गीत सार्वजनिक भए । तीमध्ये पनि कमै गीतले मात्रै चर्चा पाए । यद्यपि नाम चलेका थुप्रै कलाकारले अभिनय गरेका गीतहरु यो साता सार्वजनिक भए । दीपाश्री निरौला, दयाहाङ राईदेखि सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’सम्मको अभिनय रहेका गीतहरु युट्युबमा सार्वजनिक छन् ।

यस्तै यो साता अञ्जु पन्तदेखि राजु परियारको स्वर रहेका गीतहरु सार्वजनिक भए । गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिकमध्ये १० गीतको यहाँ चर्चा गरिएको छ ।

प्रितम र सुनिताको स्वरमा ‘मुसी’

प्रितम पोखरेल र सुनिता बुढाक्षेत्रीको स्वरमा आइतबार ‘मुसी’ बोलको गीत सार्वजनिक भयो । यो गीतको भिडियोमा मरिचमान श्रेष्ठ र सरिता ढुंगानाले अभिनय गरेका छन् । टेलिसिरियल ‘जुठे’मा ‘जुठे’ र ‘जुनकिरी’को भूमिकामा देखिँदै आएका मरिचमान र सरिताले म्युजिक भिडियोमा पहिलोपटक सहकार्य गरेका हुन् । प्रितमकै शब्द, संगीत रहेको यस गीतलाई सुनिल परियारले एरेञ्ज गरेका हुन् । दीपेन्द्र तिमल्सिनाको कथा एवं निर्देशनमा बनेको गीतको भिडियो करन चैसिरले खिचेका हुन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

गीतको भिडियोले शुक्रबार दिउँसोसम्म युट्युबमा ६ लाख ५५ हजार भ्युज पाएको छ ।

धुर्मुस–सुन्तली’ले अभिनय गरेको ‘के चाहिं गर्ने हो ?’

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको ‘के चाहिं गर्ने हो ?’ गीत बुधबार सार्वजनिक गरिएको हो । सरोज लामिछाने र उद्धव अधिकारीको शब्द, सरोज लामिछानेको संगीत रहेको गीतमा सरोज र रचना रिमालको स्वर छ ।

कुमार कट्टेल ‘जिग्री’को कथामा दीपक आचार्य ‘काकु’ले भिडियोको निर्देशन गरेका हुन् । यस गीतको भिडियोमा किसानको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । यो गीतले पनि युट्युबमा अपेक्षित भ्युज भने पाउन सकेको छैन । शुक्रबार दिउँसोसम्म गीतको भ्युज १२ हजार छ ।

हिमालको छेउमा’मा रमेश र दीपाश्री

‘हिमालको छेउमा’ बोलको गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको हो । सरना श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा रमेश उप्रेती र दीपाश्री निरौलाको अभिनय छ । भिडियोमा गायिका सरना स्वयम् पनि देखिएकी छन् ।

यस गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ भने कृष्ण विकले गीतलाई एरेञ्ज गरेका हुन् । गायिका सरनाकै कथा तथा निर्देशन, विक्रम स्वाँरको कोरियोग्राफी भिडियोमा हेर्न सकिन्छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । यो गीत र भिडियो मायाप्रेममा आधारित छ । गीतको भिडियोले भ्युज भने अपेक्षित पाउन सकेको छैन । शुक्रबार दिउँसोसम्म भिडियोको भ्युज ७० हजार छ ।

दयाहाङको अभिनयमा ‘जोगी’

उदय सोताङको शब्द, संगीत र स्वरमा बुधबार ‘जोगी’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । ‘उदय मनिला सोताङ अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय छ । साथमा उदय आफैं पनि भिडियोमा देखिएका छन् । राजेश पुमा राईको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका छन् भने विकास दाहालले सम्पादन गरेका हुन् । गीतको अडियो र भिडियो दुवै बलियो रहेपनि भिडियोको भ्युज भने कम छ ।

फिमेल भर्सनमा ‘माया बिक्ने भएछ’

दुई महिना अगाडि शिव परियारको स्वरमा सार्वजनिक गीत ‘माया बिक्ने भएछ’को फिमेल भर्सन सार्वजनिक भएको छ । बिहीबार रचना रिमालको स्वरमा फिमेल भर्सन सार्वजनिक भएको हो । यस गीतमा गणेश अधिकारीको शब्द, नवीन कार्कीको संगीत, नवीन निरौलाको एरेञ्ज छ । गीतको भिडियोमा भने मेल भर्सनमा पनि अभिनय गरेका आकाश श्रेष्ठ र पूजा शर्मा छन् । यस गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । मेल भर्सनले स्रोता÷दर्शकको मन जितेका कारण फिमेल भर्सनलाई पनि रुचाउनेमा कलाकारहरु विश्वस्त छन् ।

अस्मिता र नन्दुको स्वरमा ‘कति माया गर्छौ’

अस्मिता अधिकारी र नन्दु गुरुङको स्वरमा गत सोमबार ‘कति माया गर्छौ’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । नन्दुकै शब्द, संगीत रहेको गीतलाई अशोक थापाले एरेञ्ज गरेका हुन् । मायाप्रेमको यो गीतको भिडियोमा रेखा फागो लिम्बु र रुद्राक्ष लिम्बुको अभिनय छ । दिनेश मङ्मुको निर्देशन रहेको भिडियोलाई सुमन तामाङले छायाँकन, हेमन तामाङले सम्पादन गरेका हुन् ।

यो गीतको भिडियोले युट्युबमा शुक्रबार दिउँसोसम्म १ लाख ६० हजार भ्युज पाएको छ ।

अञ्जु पन्तको स्वरमा गजल

अञ्जु पन्तको स्वरमा ‘जितेर पनि हारमा छु’ बोलको गजल बिहीबार सार्वजनिक भएको हो । सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत रहेको गीतमा अञ्जुले स्वर भरेकी हुन् । गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका छन् । शान थापाको निर्देशनमा तयार उक्त गजलको  भिडियोमा पुष्प खड्का र प्रमिला कार्कीको अभिनय छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोको भ्युज भने अपेक्षित रुपमा बढेको छैन । यो गीतको मेल भर्सन तीन वर्षअघि शिव परियारको स्वरमा सार्वजनिक भएको थियो ।

समीक्षा र बादलको स्वरमा ‘हे माया’

‘हे माया’ गत आइतबार सार्वजनिक भएको गीत हो । यो गीतमा विमल अधिकारीको शब्द तथा संगीत, कमल सौरागको एरेञ्ज, समीक्षा अधिकारी र बादल थापाको स्वर छ ।

विमल अधिकारीको निर्देशन रहेको भिडियोमा विमलसँगै सकुना खत्री, काजी सुन्दास, रमेश अधिकारीको अभिनय छ । प्रेम विरहको भाका रहेको गीतले युट्युबमा १ लाख ३५ लाख भ्युज पाएको छ । बुद्ध थापाले छायाँकन गरेको यस गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

कुशल बेल्वासेको स्वरमा ‘बर्बादी’

विन्ध्यवासिनी म्युजिकको प्रस्तुतिमा बुधबार ‘बर्बादी भाग १– आँशुको पसल’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । गीतमा कुशल बेल्वासेको शब्द र स्वर, ऋषि खड्काको संगीत छ ।

प्रकाश भट्टको निर्देशनमा तयार भिडियोमा सारिका केसी र शिशिर पौडेलको अभिनय छ ।  नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

राजु परियारको स्वरमा ‘टिका धागो’

बुधबार सार्वजनिक ‘टिका धागो एैना’मा राजु परियार र शान्ता थापाको स्वर छ । गीतमा राजु परियारकै शब्द, संगीत छ । शिव विकको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा प्रवेश सिंह र प्रिया कालिकोटीको अभिनय छ । यो गीत मायाप्रेमकै विषयमा तयार पारिएको छ । विश्व केसीको छायाँकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । यस गीतले पनि युट्युबमा अपेक्षित भ्युज पाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?