+
+

पाँच लाख रुपैयाँसहित जुवाखालबाट ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १३:५४
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौँ । काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय नवराज पौडेलको तरकारी लगाउने जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

कौडाको खालबाट पाँच लाख ११ हजार ५०० नगद रुपैयाँसमेत बरामद गरिएको परिसरले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?