+
+

आवेदन दिने सबैलाई शेयरधनी बनाउने निफ्राको नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ११:१६

२८ कात्तिक, काठमाडौं । शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूनाफा ३४.३७ प्रतिशतले बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

निफ्राले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ मात्र खुद मूनाफा आर्जन गरेको थियो । निफ्राको प्रति शेयर आम्दानी घने घटेको छ । आइतबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार प्रति शेयर आम्दानी १ रुपैयाँ १६ पैसाले घटेर ४ रुपैयाँ ८४ पैसा पुगेको छ ।

गत वर्ष ८ अर्ब रुपैयाँको सर्वसाधारणका लागि निफ्राले आईपीओ जारी गरेको थियो । आईपीओमा आवेदन दिएका (रद्द बाहेक) सबैले शेयर हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?