+
+

कर्णालीका ९ जिल्लाबाट छानिए १११ एमाले महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १४:१८

२८ कात्तिक, सुर्खेत । नेकपा (एमाले) ले कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट १११ महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।

प्रदेशका १० जिल्लामध्ये मुगुमा भने विवाद समाधानको प्रयास भइरहेको छ । मुगुबाहेक प्रदेशबाट अहिलेसम्म १११ जना महाधिवेशन प्रतिनिधि छनोट भएको एमाले कर्णाली प्रदेशका सचिव धर्मराज रेग्मीले जानकारी दिए ।

विभाजनको असर अझै पर्न सक्ने देखिएपछि एमालेले सबै जिल्लाहरूमा प्रतिनिधि छनोट गर्दा सकेसम्म सर्वसम्मत ढंगले गर्न भनेको छ । सोही अनुसार प्रदेशका ९ जिल्लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

सचिव रेग्मीका अनुसार मुगुमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको प्रयास भै रहेको छ । ‘अहिलेसम्म प्रदेशका ९ जिल्लाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका छन्, मुगुमा पनि आज बेलुकासम्म टुङ्गो लाग्छ, सहमतीको प्रयास भै रहेको छ,’ उनले भने ।

कुन जिल्लाबाट को-को भए प्रतिनिधि ?

सुर्खेतबाट २२ जना प्रतिनिधि चयन भएका छन् । जसमा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट पार्टीका जिल्ला कमिटी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीसहित प्रदेशसभा सदस्य खड्कबहादुर खत्री, खड्ग घर्ती, बोधविक्रम जिसी, डण्डीप्रसाद शर्मा, शान्ति छन्तेल, कोकिला सिंह र चन्द्रकला बिसी रहेका छन् ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य एवम् पूर्व जिल्ला कमिटी अध्यक्ष नवराज रावत, कुलमणि देवकोटा, अमृत विसी, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना र नन्दा गुरुङ महाधिवेशन प्रतिनिधिका रुपमा छनोट भएका हुन् । दलित कोटाबाट तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु नेपाली, सुशीला विश्वकर्मा र लक्ष्मी विक रहेका छन् ।

त्यस्तै दैलेखबाट २३ जना प्रतिनिधि चएन भएका छन् । जिल्ला कमिटी अध्यक्ष रविन्द्रराज शर्मासहित प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह र धीरबहादुर शाही दशौं महाधिवेशनका लागि प्रतिनिधि छानिएका छन् ।

सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक र हिक्मत विक प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागि हुनेछन् ।

जाजरकोटबाट ९ जना प्रतिनिधि छनोट भएका छन् । एमालेले करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपालीलाई चएन गरेको छ ।

कालीकोटबाट १४ जना प्रतिनिधी छानिएका छन् । जसमा नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली छन् ।

सल्यानबाट ८ जना प्रतिनिधी छानिएका छन् । पुष्पा कुमारी बोहोरा, संञ्चिता कुमारी ओली, जनक विक, गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल छानिएका हुन् ।

हुम्लामा प्रदेशसभा सदस्य दल रावलसहित दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई र कालिबहादुर नेपाली प्रतिनिधि भएका छन् ।

रुकुम पश्चिममा टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तिर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली र जुम्लाबाट शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली छनोट भएका छन् ।

त्यस्तै डोल्पामा तुलाचन्द बुढासहित विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया र प्रेम विक छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?