+
+

पोर्चुगललाई स्तब्ध पार्दै सर्बिया विश्वकपमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ११:०५

२९ कात्तिक, काठमाडौं । पोर्चुगललाई स्तब्ध पार्दै सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।

युरोपियन छनोटअन्तर्गत आइतबार राति भएको समूह ए को खेलमा सर्बियाले पोर्चुगलमाथि २-१ गोल को पुनरागमन जित हात पार्‍यो ।

घरेलु मैदानमा पोर्चुगलले रेनाटो सान्चेजको गोलमार्फत दोस्रो मिनेटमै अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । सर्बियाका लागि ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै खेल बराबरी गरे भने ९०औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले निर्णायक गोल गर्दै सर्बियालाई २-१ ले हरायो ।

जितपछि सर्बिया समूह ए मा ८ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकपमा पुग्यो ।

१७ अंक रहेको पोर्चुगलले भने प्लेअफ खेल्नुपर्ने भएको छ । विश्वकपमा सिधै आफ्नो देशलाई छनोट गराउन नसकेपछि पोर्चुगलका स्टार स्ट्राइभर क्रिटियानो रोनाल्डो मैदानमै रोएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?