+
+

पर्साबाट एमालेका २९ जना महाधिवेशन प्रतिनिधि चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १७:१०

२९ कात्तिक, वीरगञ्ज । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्साबाट २९ जना प्रतिनिधि चयन भएका छन् ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्र र दलित समुदायबाट गरी २९ जना प्रतिनिधि सर्वम्मतिले चयन भएका जिल्ला अध्यक्ष प्रभु हजराले जानकारी दिए ।

पर्सा क्षेत्र नं १ बाट इस्लाम हवारी, वसरुदिन अन्सारी, अरविन्द सिंह, डा. विश्वम्भर शर्मा, शम्भु गुप्ता, मुना दाहाल, सुभद्रा बञ्जारा प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नं २ बाट गोकर्ण पाठक, महेश दास, केदार तिवारी र विणा शर्मा चयन भएका छन् ।

क्षेत्र नं ३ बाट राजकुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेजप्रकाश निषाद, सञ्जीव मिश्र, मीना साह र लक्ष्मी कुशवाह चयन भएका छन् ।

क्षेत्र नं ४ बाट जयप्रकाश थारु, मनोज गुप्ता, जोगिन्द्र साह, ठाकुर न्यौपाने र मीना गिरी प्रतिनीधि बनेका छन् ।

दलितबाट जिल्ला अध्यक्ष समेत रहेका प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ वच्चन दास, सन्तोष पासवान र नविया गोसाई महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

सर्वसम्मतको नाममा प्रक्रिया भन्दा बाहिर गएर महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै एक पक्ष असन्तुष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?