
३० कात्तिक, बुटवल । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले करिब २१ लाख रुपैयाँ पर्ने एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो ।
मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्वस्वास्थ्य मन्त्री दीपक बोहराले अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै बोहराले बच्चाको वार्ड स्थापना भए पनि भेन्टिलेटर नभएको अवस्थामा प्रतिष्ठानले सहयोग गरेको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले भेन्टिलेटर जडानले शिशु मृत्यु दर कम गर्न सहयोग पुग्ने बताए ।
प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिकालाई हुन सक्ने जोखिमबाट बचाउन अस्पतालको माग अनुसार भेन्टिलेटर हस्तान्तरण गरिएको बताए ।
यसअघि प्रतिष्ठानले प्रोजेक्ट होपको सहयोगमा लुम्बिनी प्रदेशमा रहेका १३ वटा सरकारी अस्पताल र सातवटै प्रदेशका स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ विरुद्ध लड्नका लागि करिब ११ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए ।
अस्पतालका बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले चाइल्ड भेन्टिलेटर बच्चाहरुको लागि निकै उपयोगी हुने बताए । उनले भेन्टिलेटरबाट बच्चाको तौल अनुसार अक्सिजन दिन सकिने बताए ।
प्रतिक्रिया 4