+
+

विराटनगर महानगरको बेरुजू एक अर्ब १६ करोडमाथि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १९:०५

३० कात्तिक, विराटनगर । विराटनगर महानगरपालिकामा बेरुजु एक अर्ब १६ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७६–०७७ सम्म महानगरको बेरुजु एक अर्ब १६ करोड ६७ लाख ९६ हजार पुगेको हो । गत आर्थिक वर्षपनि बेरुजु भएका वेरुजू रकम अझै बढ्ने अवस्था छ ।

वार्षिक समीक्षा गोष्ठीमा आर्थिक प्रशासन महाशाखा प्रमुख संजिवकुमार भट्टराईले बेरुजु एक अर्ब १६ करोड६७ लाख ९६ हजार पुगेको जानकारी दिए ।

महानगरको तथ्याङ्क अनुसार महानगरपालिका तर्फ ६६ करोड ४३ लाख १३ हजार बेरुजू छ । मझौला सहरको एकिकृत सहरी बातावरणीय सुधार परियोजनामा ५० करोड २४ ८३ हजार बेरुजू छ । बेरुजु रकम कुल बजेको करिब ४ प्रतिशत हो ।

महानगरपालिकामा आर्थिक वर्ष २०७४–७५ मा बेरुजू रकम ६१ करोड ८९ लाख ५५ हजार थियो । आर्थिक वर्ष २०७५–०७६ मा बढेर ७१ करोड ४४ लाख ६५ लाख ६५ हजार पुग्यो ।

महानगरको प्रतिवेदनमा बेरुजू रकम बार्षिक रुपमा बढ्दो देखिन्छ । महाशाखा प्रमुख भट्टराईका अनुसार आर्थिक वर्ष २०७७–०७८ को बेरुजू रकमको हिसाब मंसिरसम्म आइपुग्नेछ ।

बेरुजु बढेपछि महानगरपालिकाले बेरुजु फरचौटका लागि अर्जुन थपलियाको नेतृत्वमा कार्यदल बनाएको छ ।

लक्ष्य भन्दा आधा राजस्व

गत आर्थिक वर्ष महानगरपालिकाको आन्तरिक आम्दानी लक्ष्यको आधा भन्दा कम मात्रै शंकलन भएको थियो ।

आर्थिक वर्ष २०७७–०७८ मा महानगरपालिकाले ९५ करोड ५५ लाख ५४ हजार ८ सय ५१ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर ४० करोड ५७ लाख ९३ हजार ६ सय १६ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।

महानगरमा ५ सय ५१ कर्मचारी छन् । पारिश्रमिकमा मात्रै बार्षिक ५४ करोड ९६ लाख हाराहारी खर्च हुन्छ ।

राजस्व व्यवस्थापन महाशाखाका तत्कालिन प्रमुख राजेन्द्र प्रधानका अनुसार महानगरले लक्ष्य अनुसारको राजस्व संकलनमा कोरोनाले प्रभाव पारेको थियो ।

आर्थिक वर्ष २०७८–७९ का लागि महानगरपालिकाले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?